वि.सं:
नेपाल संवत: ११४६ अनालागा सप्तमी - २२
सबै नागरिकले आर्थिक कठिनाइको सामना नगरी गुणस्तरीय स्वास्थ्य सेवामा सार्वभौमिक पहुँच प्राप्त गर्न सकून् भन्ने उद्देश्यसहित रोकथामात्मक, प्रवर्द्धनात्मक, उपचारात्मक, पुनःस्थापनात्मक तथा सहायक (प्यालियटिभ) स्वास्थ्य सेवामार्फत सबैका लागि सम्भव भएसम्म उच्चतम स्तरको स्वास्थ्य र कल्याण हासिल गर्नु।
जिल्ला तथा समुदायस्तरमा विशेषगरी सेवा पहुँचबाट वञ्चित तथा सीमान्तकृत समुदायलाई केन्द्रमा राखी समान, सहज पहुँचयोग्य तथा किफायती आधारमा गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउनु। प्राथमिक तथा तृतीय तहको स्वास्थ्य सेवा प्रणालीसँग प्रभावकारी समन्वय तथा कार्यगत सम्बन्ध स्थापना गर्नु। अस्पतालमा स्वास्थ्य सेवा प्रवाहलाई नियमन गर्दै औषधिको तर्कसंगत प्रयोगलाई प्रवर्द्धन गर्नु।
गुणस्तरलाई विशेष प्राथमिकतामा राखी अस्पतालमार्फत प्रदान गरिने रोकथामात्मक, प्रवर्द्धनात्मक, उपचारात्मक, सहायक (प्यालियटिभ) तथा पुनःस्थापनात्मक सेवाबाट सर्लाही जिल्लाका नागरिकको स्वास्थ्य अवस्थामा सुधार ल्याउनु। क्रमिक रूपमा सर्वव्यापी स्वास्थ्य सेवा पहुँच (Universal Health Coverage) हासिल गर्नु।