मलंगवा प्रादेशिक अस्पताल नेपालकाे मधेश प्रदेश अन्तर्गत सर्लाही जिल्लाको मलंगवा नगरपालिकामा अवस्थित प्रदेशस्तरीय सरकारी स्वास्थ्य संस्था हो। यो प्रदेशको मध्य तथा दक्षिणी क्षेत्रलाई सेवा प्रदान गर्ने प्रमुख रेफरल अस्पतालहरूमध्ये एक हो। अस्पतालले आकस्मिक सेवा, बहिरङ्ग सेवा (OPD), भर्ना सेवा (IPD), फार्मेसी, प्रयोगशाला, मातृ तथा शिशु स्वास्थ्य सेवा, शल्यक्रिया, रेडियोलोजी, खोप सेवा, फिजियोथेरापी लगायत अन्य सामान्य तथा विशेषज्ञ स्वास्थ्य सेवाहरू प्रदान गर्दै आएको छ।